मिर्गौला रोगबाट पीडित वरिष्ठ मनोचिकित्सक डा. आचार्यको निधन
काठमाडौं । वरिष्ठ मनोचिकित्सक डा. लुमेश्वर आचार्यको निधन भएको छ।
लामो समयदेखि मिर्गौला रोगको उपचार गराइरहेका ६४ वर्षका डा.
आचार्यको आइतवार राति निधन भएको हो।
घरमै रहेका डा. आचार्यको अस्पताल लैजाने क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको हो ।
आचार्यको मिर्गौला फेल भएपछि हेमोडायलासिस गराउँदै आइरहेका थिए।
डा. आचार्यले लामो समय सरकारी सेवामा रहेर काम गरेका थिए। उनले ११औं तहबाट अवकाश पाएका थिए।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस