स्वास्थ्य पत्रकार मञ्च नेपाललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार’


काठमाडौं । एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोर्निया अमेरिकाले स्वास्थ्य पत्रकार मञ्च नेपाललाई ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार’ ले सम्मान गरेको छ ।

देउराली फाउन्डेशनको संयोजनमा चितवनको माडीमा आयोजित पुरस्कार वितरण समारोहमा मञ्चलाई ताम्र पत्रसहित १ सय ५० अमेरिकी डलर राशीको पुरस्कार प्रदान गरिएको हो ।

मानव समुदायका लागि अत्यावश्यक र अति संवेदनशील स्वास्थ्य क्षेत्रको विषयमा छापा, विद्युतीय, अनलाइन सञ्चार माध्यमहरूमा लेख्ने, बोल्ने पत्रकारलाई सङ्गठित गर्दै उनीहरूको क्षमता अभिवृद्धि, पेशागत सुरक्षासँगै प्रभावकारी र जनमैत्री स्वास्थ्य क्षेत्र निर्माणमा पुर्याएको संस्थागत योगदानको उच्च मूल्याङ्कन गर्दै एशोसिएशनले मञ्चलाई सम्मान गरेको हो ।

पुरस्कार ग्रहण गर्दै मञ्चका अध्यक्ष सरोज ढुङ्गेलले स्वास्थ्य क्षेत्रमा कलम चलाइरहेका पत्रकारहरूलाई सङ्गठित गर्दै उनीहरूको क्षमता अभिवृद्धि गर्नमा मञ्च सँधै प्रतिवद्ध रहेको बताए ।

उनले मञ्चलाई पुस्कृत गरेकोमा एनआरएनए नन रेसिडेन्ट नेपाली एशोसिएसन क्यालिफोर्निया अमेरिकालाई धन्यवाद पनि दिए ।

यस वर्ष यो पुरस्कार पाउने अन्य पत्रकारका संस्थामा श्रमजीवी पत्रकार सङ्घ, राष्ट्रिय दलित पत्रकार सङ्घ, आदिवासी जनजाती पत्रकार महासङ्घ, क्रियाशिल महिला पत्रकार, मुस्लिम जर्नालिष्ट क्लव, मधेसी पत्रकार समाज, अपाङ्ग पत्रकार मञ्च, शिक्षा पत्रकार समूह र राष्ट्रिय यातायात पत्रकार सङ्घ रहेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ