एमडी/एमएस शैक्षिक कार्यक्रम तत्काल सञ्चालनमा सर्वोच्चको रोक

काठमाडौं । चिकित्सा शिक्षा आयोगले एमडी/एमएस को शैक्षिक कार्यक्रम तत्काललाई सञ्चालन नगर्ने भएको छ ।
सर्वोच्च अदालतले वैशाख १० मा फैसला गर्दै निवेदक निष्कर्स रिजाल शर्मासमेत भएको रिटमा सुनुवाई गर्दै लिखित जवाफ टुङ्गो नलागेसम्म सञ्चालन नगर्न आदेश दिएपछि आयोगले तत्काललाई एमडी/एमएस को शैक्षिक कार्यक्रम सञ्चालन नगर्न भनेको हो ।
एमडी/एमएस को शैक्षिक कार्यक्रम सञ्चालनसम्बन्धी प्रक्रिया प्रस्तुत निवेदनको लिखित परी टुङ्गो नलागेसम्म हाल सञ्चालन नगर्नु, नगराउनु यथास्थितिमा राख्न, राख्न लगाउन सम्बन्धित निकायहरूमा लेखी पठाउनु भनी सर्वोच्चले आदेश दिएको थियो ।
ट्याग : #एमडी एमएस, #चिकित्सा शिक्षा आयोग, #सर्वोच्च अदालत
तपाईको प्रतिक्रिया दिनुहोस