चीनले नेपालको स्वास्थ्य क्षेत्रमा गर्दै आएको योगदानका लागि प्रधानमन्त्री प्रचण्डले दिए धन्यवाद


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चीनले नेपालको स्वास्थ्य क्षेत्रमा गर्दै आएको योगदानका लागि धन्यवाद दिएका छन् ।

निजामती कर्मचारी सेवा अस्पतालको पुर्ननिर्माणसहितको भवन हस्तान्तरण कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालको स्वास्थ्य सेवा र भौतिक संरचनाका लागि चीन सरकारले गर्दै आएको सहयोग र योगदान सराहनीय रहेको बताए ।

उनले नेपाल र चीनबीचको सम्बन्ध वर्षौ पुरानो रहेको भन्दै आगामी दिनमा दुई देशबीचको सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।

उनले चीनले नेपालको स्वास्थ्य सेवालाई सहज बनाउनका लागि विभिन्न क्षेत्रमा अस्पताल निर्माण र उपकरणहरू उपलब्ध गराउँदै आएकोमा पनि धन्यवाद दिए ।

उनले भने, ‘कोरोनाको बेला चीन सरकारले नेपाललाई अनुदान स्वरुप खोप उलब्ध गराउनु र अन्य स्वास्थ्य सामग्री उपलब्ध गराएर सहजता प्रदान गर्नु खुशीको कुरा हो । नेपालको स्वास्थ्य क्षेत्रको विकासका लागि चीन सरकारले गर्दै आएको सहयोगका लागि नेपाल सरकार धन्यवाद ज्ञापन गर्दछ ।’

निजामती कर्मचारी सेवा अस्पतालमा रक्त क्यान्सर र अन्य सेवाका लागि पनि चीन सरकारले गरेको योगदान आगामी दिनमा पनि जारी रहनेमा उनले विश्वास व्यक्त गरे ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ