डाक्टर ढकालको घरमा स्टाफ नर्स श्रेष्ठ मृत फेला


काठमाडौं । वीर अस्पतालमा कार्यरत स्टाफ नर्स अनुमा श्रेष्ठ डा. सुजन ढकालको घरमा मृत फेला परेकी छिन् ।

प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालका अनुसार काठमाडौं महानगरपालिका-१६ बोहराटारस्थित डा. सुजन ढकालको घरमा स्टाफ नर्स श्रेष्ठ मृत फेला परेकी हुन् ।

प्रहरीले करिब २९ वर्षीया श्रेष्ठ झुन्डिएको अवस्थामा मृत फेला पारेको हो । कोशी अस्पतालमा कार्यरत डा. ढकालको घरमा नर्स श्रेष्ठ झुन्डिएको अवस्थामा मृत फेला परेपछि प्रहरीले हत्या वा आत्महत्या भन्ने कुराको पुष्टि गर्न सकेको छैन ।

डा. ढकालसँग प्रेममा धोका पाएपछि नर्स श्रेष्ठले आत्महत्या गरेको हुनसक्ने अनुमान गरिएको छ । यो विषयमा प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको छ । उनको शव भने उठाइएको छैन ।

मृत अनुमाका परिवारले भने डा. ढकालविरुद्ध आत्महत्या दुरुत्साहनमा जाहेरी दिने तयारी गरेको प्रहरीले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ