वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा चारजना घाइते

काठमाडौँ । वीर अस्पतालको पुरानो भवनको छतको पर्खाल भत्किँदा चारजना घाइते भएका छन् ।
निरन्त रुपमा भइरहेको वर्षाका कारण पुरानो ईंट्टा मक्किएर छतको पर्खाल भत्किएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका अनुसार पर्खालबाट केही ईंट्टा खसेर तल कोरिडोरमा हिँड्नेहरूलाई लागेको थियो । घाईते भएकाहरूको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
तल्लो तल्लाको टिनमा ठोक्किएर तल खसेकाले गम्भीर चोट भने नलागेको बुझिएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस