सुनको सिक्री लुट्न पटकपटक चक्कुले हानेर हत्या


काठमाडौं । कपन सरस्वती नगरकी निरा आचार्यको सुनको सिक्री लुट्नका लागि पटकपटक चक्कुले हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आज निरा आचार्य हत्या प्रकरणमा झापाका अभियुक्त विनोद विकलाई सार्वजनिक गरेको छ । सीआईबीका अनुसार उनलाई झापाबाट पक्राउ गरिएको हो ।

अभियुक्त विकले निरालाई हत्या गरेको स्वीकार गरेको सीआईबीको दाबी छ । निरु किचेन नामको भाडा पसल सञ्चालन गर्ने निरालाई विकल त्यहाँ रहेको चक्कुले पटकपटक शरीरका विभिन्न भागमा प्रहार गरेका थिए । धारिलो चक्कुको प्रहारबाट उनको ज्यान गएको प्रहरीको निष्कर्ष छ ।

बैशाख ७ गते भएको उक्त घटनाका अभियुक्तको रुपमा सार्वजनिक गरिएका विक घटनापछि ६ दिन काठमाडौं बसेर झापा गएको बताइएको छ ।

काठमाडौंको नाइट क्लबमा बाउन्सरका रुपमा काम गर्ने विक निरूको पसलमा लुटपाट गर्न गएका थिए । निराले प्रतिकार गरेपछि उनको हत्या गरेको प्रहरीको भनाइ छ ।

 

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ