डा. ढाकाको सांसद पद जोगिनु र कंसाकारले पत्र पाउनु एकै दिन

काठमाडौं । स्वास्थ्यमन्त्री बन्न घुस काण्डमा सांसद पद खोसिएका डा. ढाकाकुमार श्रेष्ठको पद जोगिने र उनको ठाउँमा सांसदको पत्र पाउने एउटै समय परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा सदस्यबाट हटाएका समानुपातिक सांसद डा. ढाकालाई आज सर्वोच्च अदालतले पुर्नबहाली गरिदिएको छ । यता निर्वाचन आयोगले विन्दाबासिनी कंसाकारलाई सांसद बनाएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीले डा. ढाकालाई हटाएर विन्दाबासिनीलाई सांसद बनाउन सिफारिस गरेको थियो । निर्वाचन आयोगले उनलाई सांसदको पत्र दिने र डा. ढाकालाई सर्वोच्चले सांसदकै हैसियतमा फर्काउने निर्णय एकै दिन परेको छ । यसले थप रमिता बनेको छ ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठले डा. ढाकालाई सांसदबाट हटाउने निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस