सुतेको स्वास्थ्य करकोष उठ्यो, ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार वितरण गरिने 


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य मन्त्री ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार यसपटक वितरण गर्ने भएको छ । कसैको स्वार्थमा नपरे तीन वर्ष देखि रोकिएको उक्त ब्लुम्बर्ग जनस्वास्थ्य पुरस्कार यसपटक वितरण हुने भएको हो ।

पछिल्ला केही वर्ष सुतेर बसेको स्वास्थ्य करकोष कानुन शाखामा रेशराज शर्मा आएपछि उठेको छ । उनको पछिल्लो काम गर्ने तौल तरिकाले स्वास्थ्य करकोषमा आगामी वर्ष रकम बढ्ने देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य करकोष सचिवालयले आगामी ३१ मे मा पर्ने विश्व धूमपान रहित दिवसको अवसरमा विभिन्न ६ विधामा सो पुरस्कार वितरण गर्ने जनाएको छ । यसअघि २०७६ साल १७ जेठका दिन यो पुरस्कार पहिलो पटक विभिन्न छ विधामा प्रदान गरिएको थियो ।

स्वास्थ्य करकोषको सचिवालयले जारी गरेको सूचनामा सुर्तीजन्य पदार्थको आयात उत्पादन बिक्री वितरण तथा सेवन कार्यलाई न्यूनिकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याउने व्यक्ति संघ संस्था कानून कार्यान्वयन गर्ने निकाय तथा त्यस्तो निकायमा कार्यरत कर्मचारीमध्येबाट ६ जनालाई पुरस्कार दिइने उल्लेख छ ।

त्यसमा व्यक्ति पत्रकार, संघ संस्था, कानून कार्यान्वयन गर्ने निकाय तथा त्यस्तो निकायमा कार्यरत कर्मचारी भनिएको छ । पुरस्कारका लागि प्रतिस्पर्धा गर्न चाहनेले आगामी ५ जेठ भित्र आफूले पुर्याएको योगदानको विवरण सहित आवेदन पेश गर्न भनिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ