लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. पन्थीले कार्यभार सम्हाले


देउखुरी । डाक्टर जनार्धन पन्थी लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा नियुक्त भएका छन् । वैशाख २० गते बसेको सङ्घीय सरकारको मन्त्रीस्तरीय निर्णय अनुसार डा. पन्थीलाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

डा.पन्थीले बुधवार स्वास्थ्य मन्त्रालयमा गई कार्यभार सम्हालेका छन् । कार्यभार सम्हाल्दै सचिव पन्थीले विपतको व्यवस्थापनमा प्रदेशका सम्पूर्ण स्वास्थ्य संस्थालाई समयमै सजक अवस्थामा राख्ने निर्णय गरेका छन् ।

यसअघि स्वास्थ्य सचिव रहेका डा. विकास देवकोटा बाह्रौँ तहमा बढुवा भई सङ्घीय स्वास्थ्य मन्त्रालयमा गएपछि लुम्बिनीको स्वास्थ्य मन्त्रालय सचिवबिहीन थियो ।

चैत्र २० गते बसेको लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेश स्वास्थ्य निर्देशनालयमा निर्देशकको जिम्मेवारीमा रहेका एघारौँ तहका डा. बिनोदकुमार गिरीलाई स्वास्थ्य सचिवमा नियुक्त गर्ने निर्णय गरेको थियो । तर, सङ्घीय सरकारको निर्णय अनुसार सचिव नियुक्त हुनु पर्ने भन्दै डा. गिरीको बिरोध हुँदै आएको थियो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ