शुक्रबार सिंहदरबारमा राष्ट्रसेवक कर्मचारीले रक्तदान गर्न पाउने

काठमाडौं । शुक्रबार सिंहदरबारभित्र राष्ट्रसेवक कर्मचारीहरुले रक्तदान गर्न पाउने भएका छन् ।
शुक्रबार बिहान साढे ९ बजेदेखि दिउँसो १ बजेसम्म नेपाल प्रहरी, सिंहदरबार सुरक्षा गण, सिंहदरबारभित्र इच्छुक राष्ट्रसेवक कर्मचारीहरुलाई रक्तदानको व्यवस्था गरिएको हो ।
आर्ट अफ लिभिङ, नेपाल र नेपाली रेडक्रस सोसाइटीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम राखिएको छ । रक्तदान कार्यक्रमका व्यवस्थापक झलकराज शर्मा पौडेलका अनुसार इच्छुक राष्ट्रसेवक कर्मचारीहरूका लागि रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस