स्वास्थ्य सदनसहित भद्र घलेले हडपेको जग्गा छुट्याउँदै महानगर


काठमाडौं । स्वास्थ्य सदनसहित पूर्वमन्त्री भद्र कुमारी घलेले हडपेको सरकारी जग्गाका काठमाडौं महानगरपालिकाले रेखाङ्कन गर्दै छ ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको निर्देशनमा भद्र घलेले हडपेको सरकारी जग्गा छुट्याउने तयारी भएको हो । स्वास्थ्य लाइभले भद्र घलेले हडपेको सरकारी जग्गाको तथ्य सार्वजनिक गरेपछि बालेन डोजर लगाउन तातिएका हुन् ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० का वडासचिव सुवोध खड्काका अनुसार नापीका प्रतिनिधि, जनप्रतिनिधि र स्थानीय वासिन्दाको रोहबरमा भद्र घलेले हडपेको सरकारी जग्गा रेखाङ्कन हुँदै छ ।  नापीका प्राविधिकले उक्त सरकारी जग्गा छुट्याउन खोजिएको र त्यसका लागि पैसा समेत बुझाइसकिएको सचिव खड्काको भनाइ छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित करिब ७ रोपनी सरकारी जग्गा भद्र कुमारी घलेले हडपेको देखिन्छ ।
भद्र कुमारी घलेले कब्जा गरेको काठमाडौं महानगरपालिका वडा नम्बर१० देवीनगर धोबीखोला करिडोरको कित्ता नम्बर १२,१३,२२२,२२३,२२५ र २२६ मा रहेको करिब ७ रोपनी सरकारी जग्गा छुट्याएलगत्तै डोजर लगाउने महानगरपालिकाको तयारी छ । भद्र घलेले सरकारी जग्गा हडपेर बनाएको अनधिकृत संरचनामा डोजर लगाएर सुन्दर पार्क बनाउने मेयर बालेनको परिकल्पनामा छन् ।
उक्त सरकारी जग्गामा भद्र कुमारी घलेले शिक्षा सदन, कृष्ण सार्वजनिक स्वास्थ्य सदन, पाहुना घर मात्र होइन अन्य भवन र संरचनामा सटर हालेर भाडा खाइरहेको देखिन्छ । यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत पटकपटक वडा कार्यालयसँग जवाफ मागेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #धोबीखोला देवीनगर, #भद्र कुमारी घले

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ