बाल यौन दुर्व्यवहारको आरोपमा मदन राई पक्राउ


काठमाडौं । कृषिविज्ञ मदन राई बाल यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् ।

खोटाङस्थित शुभद्रा मदन फाउन्डेसनबाट उनलाई आन प्रहरी समातेको हो । राई बालबालिकालाई यौन दुर्व्यवहार गरेको भिडिओ सार्वजनिक भएपछि प्रहरीले बाल यौन दुर्व्यवहारको आरोपमा नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी मञ्जिल मुकारूङले राईलाई नियन्त्रणमा लिएको पुष्टि गरे ।

जिल्ला प्रहरी कार्याल खोटाङको हिरासतमा राखेर प्रहरीले थप अनुसन्धान गर्ने भएको छ । आजै अदालतबाट म्याद लिएर उनीमाथि थप अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।

बालबालिकाको संवेदनशील अंग चलाउने, शारीरिक सम्पर्कका लागि उक्साउने, आफ्नो शरीरका गोप्य अंग छुन लगाउने, आफू नग्न भएर विद्यार्थीसामु आपत्तिजनक हर्कत गर्नेलगायतका राईमाथि आरोप छ । ती आरोप पुष्टि हुने गरी प्रमाण जुटाउन खोटाङ प्रहरी सक्रिय भएको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #मदन राई

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ