सुशिला शिम्खडा बनिन् गण्डकीको स्वास्थ्यमन्त्री
काठमाडौं । गण्डकी प्रदेशको समाजिक विकास तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी सुशिला शिम्खडाले पाएकी छिन् ।गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले शिम्खडालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
पाण्डेले विनाविभागीयमन्त्री शिम्खडालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिएपछि कोशीपछि गण्डकीले स्वास्थ्यमन्त्री महिला पाएको छ । स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएकी सिम्खडा नेकप माओवादी केन्द्रकाे केन्द्रीय सदस्य तथा अन्तरपार्टी महिला संजाल गण्डकी प्रदेशको अध्यक्ष समेत हुन् ।
मुख्यमन्त्री पाण्डेले आजै मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । उनले कांग्रेसका महेन्द्रध्वज जिसीलाई कृषि र जितप्रकाश आलेलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाएका छन् । कांग्रेसकै दिपेन्द्र थापा उद्योगमन्त्री बनेका छन् र सरस्वती अर्याल ऊर्जामन्त्री बनेकी हुन् ।
माओवादीबाट सिम्खडा स्वास्थ्य र रेशमबहादुर जुग्जालीले भौतिक पूर्वाधार विकासमन्त्रीको जिम्मेवारी पाएका हुन् ।गण्डकीको मन्त्रिपरिषद्ले पूर्णता पाएसँगै एकीकृत समाजवादीका सांसद राजीव गुरुङ(दीपक मनाङे) मन्त्री बन्ने चर्चामै सीमित भएको छ ।
कांग्रेसका पाण्डे वैशाख १४ गते गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । उनले आधा महिनामै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।
क्याटेगोरी : समाचार
ट्याग : #गण्डकी प्रदेशको स्वास्थ्यमन्त्री सुशिला शिम्खडा
तपाईको प्रतिक्रिया दिनुहोस