नेपाल पेडियाट्रिक सोसाइटीको २० औं सम्मेलन तथा साधारणसभा सम्पन्न, अध्यक्षमा डा. न्यौपाने


काठमाडौं । नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) को अध्यक्षमा डा.अरुण न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौंमा सम्पन्न नेपासको २० औं सम्मेलन तथा साधारण सभाले डा.न्यौपानेलाई आगामी २ वर्षका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

अध्यक्ष न्यौपानेसहित १ उपाध्यक्ष, १ महासचिव, १ कोषाध्यक्ष, १ सचिव, १ सह कोषाध्यक्ष र ८ जना सदस्यपनि चयन गरेको छ ।

शनिवार सम्पन्न भएको निर्वाचनमा १ जना सचिव र ८ जना सदस्यका लागि मात्रै निर्वाचन भएको तथा अन्य सबै पदाधिकारी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

सम्मेलनबाट उपाध्यक्षमा डा.रामहरी चापागाईँ, महासचिवमा डा.प्रकाश जोशी, कोषाध्यक्षमा डा.केशव प्रसाद अग्रवाल, सचिवमा डा.संगीता शाक्य, सह कोषाध्यक्षमा डा.दिपक राजभण्डारी निर्वाचित भएका छन् ।

यस्तै ८ जना सदस्यहरूमा क्रमशः डा.सन्तोष अधिकारी, डा.स्मृति माथेमा, डा.रामचन्द्र वास्तोला, डा.सन्तोष पोखरेल, डा.लभ कुमार साह, डा.पावना कायस्थ, डा.सुजिता भण्डारी र सृजना बस्नेत रहेका छन् ।

नेपासमा करिब ६ सय मतदाता रहेपनि १ सय ८२ जनाले मात्रै मतदान गरेका थिए ।

नवनिर्वाचित कार्यसमितिको पद हस्तान्तरण तथा शपथ ग्रहण १ महिनापछि हुनेछ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ