स्वास्थ्यमन्त्रीले ९४ करोडमा कैंची चलाउँदा, कर्मचारीको मुखमा ढुङ्गो लाग्यो


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बहादुर बस्नेतले ९४ करोडको टेण्डरमा कैची लगाएका छन् । स्वास्थ्य तथा जनसँख्यामन्त्री भएको एक हप्तामा उनले सम्झौताको अन्तिम तयारीमा रहेको ९४ करोड ५० लाखको टेण्डर रद्ध गराउँन निर्देशन दिएका छन् ।

मन्त्रीकाे निर्देशनले साझबिहान भगकाे टेण्डर राेकिने मात्रै भएन उच्च तहका कर्मचारीको गाँसमा ढुंगो लागेको छ । अघिल्लो स्वास्थ्यमन्त्री भवानी प्रसाद खापुङ्ले चालु आर्थिक वर्ष २०७९/०८० मा बिभिन्न ६ प्रकारका स्वास्थ्य सामग्री र औषधी खरिद गर्ने भन्दै ९४ करोड ५० लाख बजेट माग भएको थियो ।

रकम प्राप्त नहुदै मन्त्रालयले ६ प्रकारका औषधि उपकरण खरिदका लागि टेण्डर आह्वान गरेको थियो । स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखामा मन्त्रालयले परिपत्र गरेपछि महाशाखाले काम अगाडि बढाएको हो । कसले खरिद गर्ने भनेर पनि टुंगो लागेको छ । तर, सम्झौता हुने तयारीमा रहेको उक्त खरिद मन्त्रीले रोक्न भनेका छन् ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताए अनुसार मन्त्रीले लिखित रुपमा रोक्न नभने पनि मौखिम रोक्न निर्देशन दिएका छन् । उनको मौखिम निर्देशनले स्वास्थ्य मन्त्रालय र विभागका कर्मचारीको मुखमा ढुंगा लागेको हाे । स्वास्थ्य मन्त्रालयले २०७९/०५/०५ गते विभागलाई परिपत्र गरेको थियो ।

विभागका एक अधिकारीले भने, मन्त्रालयकाे निर्देशनमा ९४ करोड ५० लाखका सामान किन्ने निर्णय भएकाे थियाे अहिले मन्त्रीले रोक्यो राम्रो भएन । अधिकारीहरु भन्छन् सबै खरिद संझौताको चरणमा छन् । पैसा रिलिज हुनासाथ सम्झौता गर्ने भनेर कर्मचारी बाटो हेरेर बसेका छन् । भदौैं ५ गते मन्त्रालयले विभागलाई सामान खरिद गर्न भन्दै परिपत्र गरेको थियो । विभागमा ६ गते दर्ता भएर काम अगाडी बढेको थियो । त्यस बेला देखि थालिएको काममा अहिले ब्रेक लाग्ने देखिएको छ ।

असार मसान्तसम्म यो रकमको सामान खरिद गर्नुपर्छ । टेण्डर प्रक्रिया समेत सकिएर सम्बन्धीत कम्पनीसँगको सम्झौता गर्न मात्र बाँकी छ । स्वास्थ्य मन्त्री बस्नेतले रदैं गराएर शुसासन कायम गर्न खोजेको हो वा यसमा अफुले केही प्रतिशत रकम लिन खोजेको हो बुझिएको छैन ।  मन्त्रीले रोक्न दिएको निर्देशनले केही औषधिमा समस्या ल्याउने देखिएको छ ।

कस कसले पाएका छन्

  • क्लिनीक इन द ब्याग खरिद तथा वितरण सबै प्रदेशका तीन सय स्थानका लागि लुम्बिनी हेल्थ केयरले २८ करोड ५० लाखमा टेण्डर पारेको छ ।

 

  • २० करोडको आईरन तथा फोलिक एसिड तथा वितरण स्थानीय तह सम्म खरिद गर्न सिएस मेडिहेल्थले पाएको छ ।

 

  • १५ करोडको मोबाइल डिआर एक्सरे लुम्बिनी हेल्थ केयर र हस्पिटेक मध्ये कसलाई दिने भन्नेमा अन्तिम चरणमा छ ।

 

  • १५ करोड रुपैयाँमा राष्ट्रिय औंषधी प्रयोगशालामा विभिन्न सामग्री खरिद गर्न लुम्बिनी हेल्थ केयर र एउटा नेपालगञ्जको कम्पनीले पारेका छन् ।

 

  • १० कराेड रुपैयामा १४ वर्ष मुनिका बालबालिकाहरु तथा महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोकथानमका लागि एचपिभि भ्याक्सिन खरिद गर्ने भएको हो । एचपिभि भ्याक्सीन नियमीत सप्लार्यसले पाएका छन् ।

 

  • हेमाटोलोजीका ७ वटा पार्टमा ६ करोड रकम विनियोजन गरेको छ । यसमा पनि हस्पिटेक र लुम्बिनी प्रतिपर्धामा छन् निर्णय हुन बाँकी छ ।
क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ