सिंहदरबार अगाडिको अनधिकृत संरचनामा बालेनको डोजर चल्यो


काठमाडौं । सिंहदरबार अगाडिको नेपाल क्वानमुकाम कराते डो संघको भवनमा काठमाडौं महानगरपालिकाको डोजर चलेको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा अनधिकृत उक्त भवनमा डोजर चलेको हो । स्वास्थ्यसम्बन्धी काम गर्ने एउटा एनजिओलाई भोगाधिकारमा दिइएको भनिएको हनुमानस्थानको उक्त अनधिकृत भवनमा महनगरपालिकाले डोजर लगाएको छ ।

पुटपाथ समेत मिचेर बनाइएको उक्त भवनमा डोजर चलाउनै पर्ने थियो । बाटो खुला बनाउन र सिंहदरबारको सोभा बढाउन पनि उक्त अनधिकृत भवन हटाउन आवश्यक थियो । जुन काम आज काठमाडौं महानगरपालिकाले गरेको हो ।

उक्त भवनको विषयमा जानकार अनामनगरबासी बलराम सापकोटाका अनुसार यो भवन सिंहदरबार कम्पाउण्डभित्र थियो ।  गुप्तचर विभागले बनाएको भवन हो । सिंहदरबार वरिपरी सडक खोल्ने क्रममा सडक सिंहदरबारभित्रबाट लानु परेकोले सो भवन बाहिर परेको हो । सिंहदरबार वरिपरीको सडक सिंहदरबारको पर्खालभित्र सारेर बनाईएको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ