बागमतीको स्वास्थ्यमन्त्रीको जिम्मेवारी बहादुर सिंह लामालाई


काठमाडौं । बागमती प्रदेशको स्वास्थ्यमन्त्रीको जिम्मेवारी बहादुर सिंह लामा (तामाङ)ले पाएका छन् ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले लामालाई स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिएका हुन् ।

कांग्रेसबाट नेतृत्व गरेर बागमती सरकारमा गएका तामाङलाई स्वास्थ्यसहित वन तथा वातावरण मन्त्रालय र पर्यटन उद्योग तथा सहकारी मन्त्रालयको थप जिम्मेवारी दिइएको हो ।

आर्थिक मामिला तथा योजनामन्त्रीको हैसियतमा सपथ खाएका लामालाई कांग्रेसले पाउने मन्त्रालयको जिम्मेवारी दिइएको हो । कांग्रेसको भागमा स्वास्थ्यसहित ५ मन्त्रालय परेको छ । खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्रालयको कार्यभार तीर्थ लामाले सम्हालेका छन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालयको नेतृत्व लामाले गरेका छन् । कांग्रेसभित्र स्वास्थ्य, वन र उद्योग तथा पर्यटनमन्त्री बनाउने व्यक्तिको विषयमा सहमति नहुँदा लामाले नै ती मन्त्रालय सम्हाल्ने अवसर प्राप्त गरेका छन् । तर, बजेको मुखमा अर्थमन्त्रीले धेरै मन्त्रालय लिँदा परिणाममुखी बजेट ती मन्त्रालयले नपाउन सक्ने खतरा हुन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ