प्रमुख विशेषज्ञ गलत्याएर ११ तहलाई महानिर्देशक बनाउँन चलखेल


काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेत स्वास्थ्यमा विवादको नजिक नजिक पुगेको भान हुन थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हालेको एक महिना नपुग्दै उनको कार्यशैली प्रति प्रश्न उठ्न थालेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय उच्च स्रोतका अनुसार स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा डम्बर खड्कालाई बनाउँन चलखेल सुरु भएको छ । अन्तिम कुरो बाहिर आएको छैन । मन्त्री र खड्का निकट स्रोतले स्वास्थ्य लाइभलाई बताए अनुसार मन्त्री खड्कालाई विभागको महानिर्देशक बनाउँन राजी भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा तीन जना प्रमुख विशेषज्ञ १२ तहका चिकित्सक छन् । हाल स्वास्थ्य सेवा विभागमा पनि १२ तहका डा दिपेन्द्ररमण सिंह छन् । विभागको महानिर्देशक १२ तहबाट हुने कानुनी व्यवस्था रहेको छ । तर, राजनीतिक स्वार्थका कारण विभिन्न फाइदा लिन १२ तहलाई गलत्याएर ११ तहका डा खड्कालाई निमित्त निर्देशक दिन चलखेलसँगै दौडधुप पनि भएको छ ।

स्वास्थ्यको नियम अनुसार एक जना स्वास्थ्य सेवा विभागको महानिर्देशक, दुई जना मन्त्रालय र एक जना वीर अस्पताल गएर बस्ने व्यवस्था छ । १२ तह नभएको खण्डमा मात्रै विभागको निमित्व महानिर्देशक   ११ तहका चिकित्सक हुन पाउँछन् ।

स्वास्थ्यमन्त्रीले यस्तो घिनलाग्दो काम गर्लान् भन्ने हामीलाई विश्वास छैन । यदि १२ तह हुँदा हुँदै ११ लाई महानिर्देशक बनाउने खेलमा मन्त्री लागेको भए यसले मन्त्रीलाई असफल तर्फ डोहोर्याउने निश्चित छ । कुनै स्वास्थ्यका कर्मचारीले मन्त्रीलाई गन्ने र सहयोग गर्ने वाला छैनन्  ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ