यशोधा र कृष्णको भाग खोसियो, डम्बर र पोमा वती भाग्यमानी !


काठमाडौं । स्वास्थ्य मन्त्रालयका ६ जना कर्मचारी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को साधारणसभामा भाग लिन भन्दै स्विट्जरल्यान्डको जेनेभा जाँदैछन् । उक्त सम्मेलनमा तीन जना कर्मचारीको जेनेभा जाने अधिकार खोसिएको  छ । 

डब्लुएचओको ७६ औँ साधारणसभा भाग लिन आगामी शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहन बहादुर बस्नेत सहितको टोली जेनेभा जाँदैछन् । केही जानै पर्ने कर्मचारी छन् भने केही रमाइलोका लागि मात्रै जाँदैछन् । देश आर्थिक रुपमा संकटग्रस्त अवस्थामा पुगेको छ । तर, स्वास्थ्यले यसको कुनै प्रवाह गरेको छैन । 

मन्त्री र सचिव सहभागी हुने कार्यक्रममा अन्य कर्मचारीको उपस्थिति आवश्यक पर्दैन । तर, स्वास्थ्य तथा जनसंख्यामन्त्रीका पिए रामेश्वर आचार्य समेत टोलीमा परेका छन् । अन्य कर्मचारी जाँदा पैसा नहुने मन्त्रालयसँग आचार्यलाई लैजाने कसरी जुट्यो हामी खोज्दै जाउँला ।

मन्त्रालयकी प्रवक्ता यशोधा अर्यालको नाम काटेर नीति योजना प्रमुख डा कृष्ण पौडेलको राखिएको थियो । त्यस्तै नीति योजनाकै गुणनिधि शर्माको पनि नाम टोलीमा थियो । तर, अहिले डा पौडेलको नाम काटेर डा डम्बर खड्काको राखेका छन् भने गुणनीति शर्माको कटाएर उपचारात्मक महाशाखाकी डा पोमावती थापाको राखिएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ