नर्वेका विकास मन्त्री एनीले भनिन्: मेरीस्टोपले गर्दै आएको कामलाई निरन्तरा दिन्छौ


काठमाडौं । नर्वेका विकास मन्त्री एनी बीट टिभिनेरिम नेपाल भ्रमणमा आएकी छन् ।

मेरिस्टोप इन्टरनेशनल नेपालले नर्वेका विकास मन्त्री एनी बीट टिभिनेरेमको स्वागत गरेको छ ।

नेपालका लागि नर्वेली राजदूत टोरम ड्रमडल, नर्वेजियन दूतावासका वरिष्ठ कर्मचारी, कूटनीतिज्ञहरू, नर्वेका प्रतिनिधिहरू र परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूबीच उनको भेटघाट भएको छ ।

मेरीस्टोपको पुतलीसडकस्थित केन्द्रीय कार्यालय भ्रमणको क्रममा यौन र प्रजनन स्वास्थ्यको लागि नर्वेली सरकारले लामो समयदेखि सहयोग गर्दै आएको तथा हालसम्म हासिल गरिएका उपलब्धीहरूको विषयमा विकासमन्त्री एनीलाई जानकारी गराइएको थियो ।

सन् २०१४ देखि नर्वेजियन एजेन्सी फर डेभलपमेन्ट कोअपरेसनले मेरिस्टोपलाई आर्थिक सहयोग गर्दै आएको छ ।

नेपालमा महिलाहरूलाई गर्भनिरोधक र चिकित्सा गर्भपतन उपलब्ध गराउन धेरै समस्या हुने गरेको र स्वास्थ्य संस्था पनि टाँढा हुने तथा सुँडेनीहरू ६ देखि ८ घन्टासम्म हिँड्नुपर्ने बाध्यतालाई अन्त्य गर्न मेरिस्टोपले भूमिका निर्वाह गर्दै आएको छ ।

प्रजनन स्वास्थ्य र छनोटले उनीहरूको जीवनलाई अझ राम्रो बनाउन मद्दत गरेकोबारे पनि विकास मन्त्री एनीलाई जानकारी गराइएको थियो ।

एमएसआई नेपालको सुनौलो परिवार नेपालका कार्यकारी निर्देशकले तुषार निरौलाले प्रजनन छनौट क्षमताको लागि आधारभूत रहेको भन्दै शिक्षाको अधिकार, शारीरिक स्वायत्तताको अधिकारलगायत अन्य धेरै अधिकारहरू प्राप्त गर्न जीवनमा आफ्नो बाटो रोज्ने अधिकार व्यक्ति स्वयंमा हुने गरेको बताए ।

नर्वेजियन सहायताले महिला र किशोरीहरूको स्वास्थ्य, जीवन र भविष्यमा पार्ने परिवर्तनकारी प्रभाव नेपालमा पनि देखिरहेको उनले बताए ।

अन्तर्राष्ट्रिय विकासका मन्त्री एनी बीटले “एमएसआई नेपालले सुरक्षित वितरण गर्न प्रभावशाली र महत्त्वपूर्ण योगदान दिइरहेको र आगामी दिनमा पनि यसलाई जारी राख्ने बताइन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ