एड्सको निर्देशकमा ठाकुर क्षयरोगको निर्देशकमा श्रेष्ठ
काठमाडौं । राष्ट्रिय एड्स तथा याैनराेग नियन्त्रण केन्द्रको निर्देशक संजय ठाकुर बनेका छन् । उनलाई वीर अस्पतालबाट राष्ट्रिय एड्स तथा याैनराेग नियन्त्रण केन्द्रको निर्देशकमा सरुवा गरिएको हो ।
क्षयराेग नियन्त्रण केन्द्रको निर्देशकमा वीरकै डा. प्रज्वल श्रेष्ठलाई ल्याइएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मन्त्रिस्तरीय निर्णय गर्दै ठाकुरलाई एड्स र श्रेष्ठलाई क्षयरोग केन्द्रको निर्देशक बनाएका हुन् ।
राष्ट्रिय एड्स तथा याैनराेग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटा कोशी प्रदेशको स्वास्थ्य सचिव भएर गएपछि उक्त ठाउँ खाली भएको थियो । खाली ठाउँमा ठाकुर गएका हुन् ।
क्षयरोग केन्द्रकी निर्देशक डा. रिता भण्डारी जोशीले अवकाश पाएपछि ६ महिनादेखि उक्त पद रिक्त थियो । त्यो ठाउँमा श्रेष्ठलाई पठाइएको हो ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस