मेडिसिटीले पार्किङ शुल्क लिएको विषयमा हेलो सरकारले बालेन खोज्यो !
काठमाडौं । ललितपुरको भैसेपाटीस्थित मेडिसिटी अस्पतालले पार्किङ शुल्क लिएको विषयमा हेलो सरकारले बालेन खोजेको छ ।
ट्वीटर प्रयोगकर्ता रमेश भुसालले मेडिसिटीले पार्किङ शुल्क लिएको खुलाएपछि हेलो सरकारले काठमाडौं महानगरपालिका मेयर बालेन शाहलाई समस्या समाधान गर्न आग्रह गरेको हो ।
ललितपुरको मेडिसिटी अस्पतालले पार्किङ शुल्क लिँदा पनि काठमाडौंका मेयर बालेनले समस्या समाधान गर्दिन्छन् भन्ने हेलो सरकारलाई लागेछ । सिंहदरबारले गर्नुपर्ने काम पनि बालेनले नै गर्दिनु पर्ने अवस्था आएपछि हेलो सरकारलाई उनीप्रति अति विश्वास भएर मेडिसिटी अस्पतालले पार्किङ शुल्क समाधान गर्न आग्रह गरेको हुनुपर्छ !
भुसालले ‘हेलाे @nepalmediciti सरकारले पार्किंङ शुल्क लिन नपाइने भनेकाे हाेइन र ? कति लाेभ गरेकाे महताेजीले। भित्र विल तिराएपछि गाडी माेटरसाइकल पार्किंङकाे घण्टा गनेर पैसा अशुल्दा थाेरै लाज त लाग्नुपर्ने ।’, भनेर ट्वीट गरेका छन् ।
काठमाडौंका नर्भिकलगायतका निजी अस्पतालले मेडिसिटी जसरी नै पार्किंङ शुल्क लिने गरेको पाइन्छ । यता भने बालेनको ध्यान पुग्न जरुरी छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस