नियम कानुनकाे कत्ति पनि हेक्का नभएका मुख्यमन्त्रीले प्रदेश दुईमा सचिव नियुत्त गरे


जनकपुर । संघीय सरकारको अधिकारलाई “धाेती” लगाउँदै प्रदेश दुई सरकारले स्वास्थ्य सचिव नियुक्त गरेको छ । आर्थिक चलखेलमा मुख्यमन्त्री सरोज कुमार यादवले सचिवमा कानुन विपरित राजिव कुमार झालाई नियुक्त गरेका हुन् ।

एघारौं तहका चिकित्सक फालाफाल भएका बेला मुख्यमन्त्रीले १० औं तहका झालाई नियुक्त गर्नु अर्थपूर्ण रुपमा हेरिएको छ । जहेस समूहका झालाई निमित्त स्वास्थ्य सचिव बनाएपछि मुख्यमन्त्री यादव विवादमा तानिएका छन् ।

मुख्यमन्त्री भएर पनि नियम कानुनकाे कत्ति पनि हेक्का नभएका यादवले कसरी प्रदेश सरकार सञ्चालन गर्छन भन्ने प्रश्न उठेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का प्रवक्ता विपिन कुमार ठाकुरले यो कसरी र कुन कानुनका आधारमा बनाएको भन्ने आफूलाई जानकारी नभएको बताए । “मन्त्रालयको संख्या बढेको छ” प्रवक्ता यादवले भने, ”सङ्घबाट सचिवमा पदस्थापना नभएकाले काम नरोकियोस भनेर उहाँलाई सचिव बनाइएको हो ।” सङ्घबाट सचिव पठाएपछि स्वत उहाँ हट्नु हुनेछ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ