स्वास्थ्यमन्त्री बस्नेत ‘फास्ट ट्रयाक’मा अगाडि बढे !


काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत ‘फास्ट ट्रयाक’मा अगाडि बढेका छन् । बुधबार मात्र उनले ‘फास्ट ट्रयाक’मा झन्डै आधा दर्जन निर्णय गरेका हुन् ।

स्वास्थ्यमन्त्री बस्नेतले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को निमित्त उपकुलपतिको जिम्मेवारी दिनेदेखि दुई केन्द्रको निर्देशक बनाउने काम ‘फास्ट ट्रयाक’मा गरेका हुन् ।

स्वास्थ्यमन्त्री बस्नेतले न्याम्सको निमित्त उपकुलपतिको जिम्मेवारी डा. भुपेन्द्र कुमार बस्नेतलाई दिएका छन् । उनले राष्ट्रिय एड्स तथा याैनराेग नियन्त्रण केन्द्रको निर्देशकको जिम्मेवारी संजय ठाकुर छन् । त्यस्तै क्षयराेग नियन्त्रण केन्द्रमा निर्देशकको जिम्मेवारी डा. प्रज्वल श्रेष्ठलाई दिएका हुन् ।

स्वास्थ्यमन्त्री बस्नेतले कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल बनेको वीरलाई पुरानै अवस्थामा फर्काइदिएका छन् । यी काम उनले एकैदिन ‘फास्ट ट्रयाक’मा गरेका हुन् ।

अब स्वास्थ्यमन्त्री बस्नेतले सर्वोच्चको फैसला अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अवैध चौथो तला भत्काउने र अनधिकृत एनएचएसएसपीलाई ‘फास्ट ट्रयाक’मा हटाउने काम गर्नुपर्छ । उनी मात्र उनको यो ‘फास्ट ट्रयाक’शैलीले सार्थकता पाउँछ ।

स्वास्थ्य मन्त्रालयको चौथो तल्ला भत्काएर सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले पटकपटक आग्रह गर्दै आएका छन् । बालेनकै शैलीमा काम गर्ने स्वास्थ्यमन्त्री बस्नेतले सर्वोच्चको फैसला कार्यान्वयन गर्न अब ‘फास्ट ट्रयाक’मा अगाडि बढ्नुको विकल्प छैन । गर्नु पर्ने अन्य निर्णय यस्तै ‘फास्ट ट्रयाक’शैलीमा गछन् की गर्दैनन् स्वास्थ्यमन्त्री बस्नेतमाथि यो यक्ष प्रश्न पनि हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ