स्वास्थ्यका एजेण्डासहित मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम पारित गर्‍यो


काठमाडौं । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यका एजेण्डासहित सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ ।

आज ४ बजे संघीय संसदमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएपछि मन्त्रिपरिषद्को बैठकले स्वास्थ्यका एजेण्डासहित पारित गरेको हो ।

सरकारले ढिलो गरेर नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गर्न लागेको हो । बजेटमा समेट्नु पर्ने कुरा समेटिसकेर कर्मकाण्डी नीति तथा कार्यक्रम सरकारले सदनमा प्रस्तुत गर्न लागेको देखिन्छ ।

नीति तथा कार्यक्रम बाचन गर्न राष्ट्रपति पौडेल ४ बजे अगाडि नै संसद भवन नयाँ बानेश्वर जाँदैछन् । सर्वसाधारणलाई सहज हुने गरी सवारी व्यवस्थापन गर्न उनले सम्बन्धित निकायलाई निर्देशन समेत दिएका छन् ।

सरकारले जेठ १५ गते सदनमा नयाँ बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक बाध्यता रहेको छ ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ