सुदूरपश्चिममा स्वास्थ्य हेर्ने समाजिक विकास मन्त्रालयमा नाउपाको दाबी


काठमाडौं । स्वास्थ्य क्षेत्र हेर्ने सुदूरपश्चिम प्रदेश सरकारको समाजिक विकास मन्त्रालयमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले दाबी गरेको छ । नाउपाले सामाजिक विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा दाबी गरेको हो ।

एक दुईदिनभित्रै विस्तार हुन लागेको सुदूरपश्चिम प्रदेश सरकारमा नाउपाले २ वटा मन्त्रालय पाउने सहमति भएको छ । नेपाली कांग्रेसका कमलबहादुर शाहले नेतृत्व गरेको सुदुरपश्चिम सरकार १ सय दिन नाघेपछि विस्तार हुन लागेको हो ।

नाउपा संसदीय दलका नेता घनश्याम चौधरीकाअनुसार नाउपाले दुई मन्त्री र एक राज्यमन्त्री पाउने सहमति भएको छ । सामाजिक विकास र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा आफूहरूको दाबी रहेको उनको भनाइ छ ।

नाउपाले लक्ष्मण किशोर चौधरी र रामेश्वर चौधरीलाई सरकारमा पठाउने निर्णय गरेको छ । सामाजिक विकास र भूमि व्यवस्था मन्त्रालयमा दाबी गरेर नाउपा सरकारमा सहभागी हुन खोजेको हो । संघमा पनि नाउपाले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय पाएको छ । संसदीय दलको नेता रञ्जिता श्रेष्ठ चौधरीले भूमि व्यवस्थामन्त्रीको जिम्मेवारी सम्हालिरहेकी छिन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ