स्वास्थ्यमन्त्री मोहन बस्नेत दाहिना बन्दा चम्किएको मसिनाको भाग्य

सर्जिकल व्यापारीदेखि वन तथा वातावरणमन्त्रीसम्म


काठमाडौं । संघीय स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत दाहिना बन्दा मसिना खड्का, भण्डारीको भाग्य चम्किएको छ । उनले नेपाली कांग्रेसको क्रियाशिल सदस्यता लिएको ३ वर्षभित्रै प्रदेशसभा सदस्यदेखि प्रदेश मन्त्रीसम्म पड्काएकी छिन् ।

नेपाली कांग्रेसका ‘भेट्रान’ नेताहरुलाई पाखा लगाउँद मसिना बागमती प्रदेश सांसददेखि वन तथा वातावरणमन्त्रीसम्म बन्न सफल भएकी हुन् ।

नेपाली कांग्रेसको महाधिवेशन हुनुभन्दा डेढ वर्ष अगाडि मात्र मसिनाले नेपाली कांग्रेसको क्रियाशिल सदस्य लिएकी थिइन् । काठमाडौंको त्रिपुरेश्वरमा विकास सर्जिकल हाउस चलाएर बसेकी मसिना कांग्रेस नेता बस्नेतको टिमबाट महाधिवेशन प्रतिनिधि निर्वाचित भइन् । त्यसलगत्तै टिकट लिएर उनले सिन्धुपाल्चोक क्षेत्र नम्बर १ (१)बाट बागमती प्रदेशसभा सदस्यमा चुनाव जितिन् ।

सर्जिकल हाउस चलाएर ‘अथाहा’ सम्पत्ति जोड्न सफल मसिनाले छोटो समयमै सांसद हुँदै मन्त्री पद जोड्न सफल भएकी छिन् । व्यवसायमा जस्तै उनले राजनीतिमा पनि फड्को मारेकी हुन् ।

बागमती प्रदेशसभा सदस्यमा हरिप्रभा खड्गी र मसिना मात्र प्रत्यक्ष निर्वाचित हुन् । उनीहरूमध्ये एकजना महिला मन्त्री बन्ने निश्चित जस्तै थियो । त्यसमाथि नेपाली कांग्रेसका प्रभावशाली नेता बस्नेतले दाहिना भएपछि मसिनाले बाजी मारिन् ।

नेपाली कांग्रेस बागमती प्रदेशको संसदीय दलको नेतामा बहादुर सिंह लामा (तामाङ)लाई जिताउन विशेष भूमिका खेलेका बस्नेतको सिफारिस अनुमोदन गर्नुको बहादुरसँग विकल्प थिएन । हक्की स्वभावका स्वास्थ्यमन्त्री बस्नेतले दबाव दिएपछि मसिनाले वन तथा वातावरण जस्तो ‘मालदार’ मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेकी छिन् ।

सिन्धुपाल्चोकबाट पूर्वस्वास्थ्यमन्त्री शेरबहादुर तामाङलाई हराएर प्रतिनिधिसभामा निर्वाचित भएका बस्नेत स्वास्थ्यमन्त्री नै बनेर देखाएका छन् । उनी आफू मात्र होइन आफैले टिकट दिएर जिताएकी मसिनालाई समेत मन्त्री बनाउन सफल भएका हुन् । मोहन बस्नेत दाहिना भएपछि मसिना वन तथा वातावरणमन्त्री बन्न सफल भएको कांग्रेस वृत्तमा चर्चा छ ।

वन मन्त्रालयमा जिल्लास्तरसम्म ठूलो संरचना छ । डिएफओ सरुवामा माथिबाट हस्तक्षेप हुँदा वनमन्त्री विवादमा आउने पनि उत्तिकै सम्भावना छ । मन्त्री बनाउनेहरूले मन्त्रालय चलाउन खोजेभने मसिनालाई त्यसको भारी थेग्न मुस्किल हुने देखिन्छ । यति छोटो समयमा प्रदेश सांसददेखि मन्त्रीसम्मको यात्र तय गर्नु भने मसिनाका लागि ठूलो उपलब्धिको कुरा हो । तर, उनी कसरी आफ्नो छबि जोगाएर काम गर्छिन भन्ने उत्तिकै चुनौतीको विषय छ ।

यता स्वास्थ्यमन्त्री मोहनसँग टस्सल पर्दा बागमती प्रदेशका तत्कालीन स्वास्थ्यमन्त्री बनेका निर्वाचित प्रदेशसभा सदस्य निमा लामा टिकट पाउनबाटै बञ्चित भएका छन् । बाहलवाला मन्त्रीले पाउन लागेको टिकट खोसेर मोहनले कृष्णकुमार तामाङलाई दिलाएका हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : #मसिना खड्का, #मोहन बहादुर बस्नेत

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ