आज काठमाडौं महानगरपालिकाभरि विशेष सरसफाई कार्यक्रम सञ्चालन
काठमाडौं । शनिबार काठमाडौं महानगरपालिकाभरि विशेष सरसफाई कार्यक्रम सञ्चालन भएको छ ।
काठमाडौं महानगरपालिकाका जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको एक वर्ष पुगेको उपलक्ष्यमा विशेष सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको अगुवाईमा विशेष सरसफाई कार्यक्रम सञ्चालन भएको हो । बिहान ७ बजेदेखि १० बजेसम्म ३ घण्टा विशेष सरसफाई हुने भएको छ ।
काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा एकसाथ विशेष सरसफाई कार्यक्रम सञ्चालन हुने छ । विशेष सरसफाई कार्यक्रममा सरोकारवाला र स्थानीयलाई समेत भाग लिन मेयर शाहले आह्वान गरेका छन् । महानगरका प्रत्येक वडाले विशेष सरसफाई कार्यक्रममा सहभागी हुन वडाबासीलाई अनुरोध गरेका छन् ।
काठमाडौं महानगरपालिकाले वर्षगाठको उपलक्ष्यमा रचनात्मक कार्यक्रम ल्याएको छ ।डेंगु रोगको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विशेष सरसफाई कार्यक्रमले विशेष भूमिका खेल्ने देखिन्छ । यसले महानगरवासीमा समेत उत्साह भरेको पाइन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस