लक्षित वर्गको निःशुल्क उपचार नगर्ने अस्पतालको नाम सार्वजनिक गर्दै महानगर


काठमाडौँ । काठमाडौं महानगरपालिकाले लक्षित वर्गको निःशुल्क उपचार नगर्ने अस्पतालको नाम सार्वजनिक  गर्न लागेको छ । १० प्रतिशत शय्या छुट्याएर लक्षित वर्गलाई निःशुल्क उपचार नगर्ने अस्पतालको नाम महानगरपालिकाले सार्वजनिक गर्न लागेको हो ।

महानगरको स्वास्थ्य विभागले निर्देशन नमान्ने अस्पतालको नाम सार्वजनिक गर्नेदेखि बन्द गर्नेसम्मको तयारी गरेको छ ।लक्षित वर्गका विरामीले निःशुल्क सेवा लिएको विवरण टाँस गर्न, यो विवरण प्रत्येक महिनाको १० गतेसम्म महानगरमा पठाउन महानगरको आग्रह  गरेको छ । महानगरले उक्त विवरण नबुझाउने अस्पतालको विवरण सार्वजनिक गर्न लागेको हो ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ दफा ११ (४) ख २ को स्वास्थ्य संस्थाको नियमन गर्ने कानुनी अधिकार स्थानीय तहलाई छ । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७, परिच्छेद २४ दफा ७० (घ) मा अस्पतालमा उपचारका लागि आउने विपन्न, असहाय, बेवारिसे बिरामीका लागि कुलमध्ये १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार गर्नुपर्ने अनिवार्य व्यवस्था छ ।  यो अनुसार काम गर्न काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले निर्देशन दिएका छन् ।

सेवाग्राहीमैत्री सेवा प्रवाह गर्न, स्वास्थ्य संस्थाहरूमा कार्यरत स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरूको प्रचलित कानुनले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन, स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन गर्नेजस्ता दायित्व पूरा गर्न अनुरोध गरेको छ । यो विषयमा महानगर कडा रुपमा प्रस्तुत हुन लागेको हो ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ