प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण टोलीमा डा. प्रमोद जोशी पनि


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल कमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण टोलीमा गेटा मेडिकल कलेजका निर्देशक डा. प्रमोद जोशी पनि समावेश गरिएका छन् ।

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार गेटा मेडिकल कलेजसम्बन्धी एजेण्डा पनि रहेकाले डा. जोशीलाई भ्रमण टोलीमा समावेश गरिएको हो ।

यही १७ गतेदेखि प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण गर्दैछन् । उनको भ्रमण टोलीमा निजी चिकित्सक युवराज शर्मा पनि जानेछन् । उनको साथमा परराष्ट्रमन्त्री एनपी साउद, अर्थमन्त्री प्रकाशशरण महत, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र उद्योग तथा वाणिज्य, आपूर्तिमन्त्री रमेश रिजाल र डा. वेदुराम भुसाल जाने निश्चित जस्तै भएको छ ।

त्यस्तै मुख्यसचिव शंकरदास बैरागी, परराष्ट्र सचिव भरतराज पौड्याल, ऊर्जा तथा जलस्रोत सचिव दिनेशकुमार घिमिरे, गृह सचिव दिनेश भट्टराई, कानुन सचिव धनराज ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी, कृषि सचिव गोविन्दप्रसाद शर्मा, भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्मा र वन सचिव रेवतीरमण पौडेल पनि प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा समावेश छन् ।

उनको सचिवालयबाट प्रमुख सचिवसमेत रहेकी छोरी गंगा दाहाल, प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल, प्रेस सल्लाहकार गोविन्द आचार्य, स्वकीय सचिव रमेशकुमार मल्ल र केही सुरक्षाकर्मी जाने तय भएको छ ।

 लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, नेपाल आयल निगमका प्रबन्ध निर्देशक उमेशप्रसाद थानी, परराष्ट्रका भारत हेर्ने सहसचिव रामप्रसाद सुवेदी, चिफ अफ प्रोटोकल सुधीर भट्टराई, प्रधानमन्त्री कार्यालयका सहसचिव नवराज ढुंगानाको नाम पनि भ्रमण टोलीमा समावेश छ ।

ऊर्जा मन्त्रालयका सहसचिव मधुप्रसाद भेटवाल, उद्योग मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी, लगानी बोर्डका सहसचिव अमृत लम्साल, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पनि प्रधानमन्त्री प्रचण्डसँगै भारत जानेछन् ।

विद्युत् उत्पादन कम्पनी लिमिटेडका महाप्रबन्धक सूर्यप्रसाद रिजाल र नेपाल क्लियरिङ हाउस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत निलेशसिंह प्रधान पनि टोलीमा हुनेछन् ।  भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्मासहित दिल्लीस्थित दूतावासका अधिकारी पनि सूूूूूचीमा परेका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ