अरुण आध्यात्मिक प्रतिष्ठानको आयुर्वेदिक स्वास्थ्य शिविर सम्पन्न


काठमाडौं । अरुण आध्यात्मिक प्रतिष्ठानले  आयोजना गरेको आयुर्वेदिक स्वास्थ्य शिविर र वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।

भोजपुरको अरुण गाउँपालिकास्थित अरुण आध्यात्मिक प्रतिष्ठान आयोजना गरेको उक्त आयुर्वेदिक स्वास्थ्य शिविर भव्य रुपमा सम्पन्न भएको हो ।

अरुण आध्यात्मिक प्रतिष्ठानका मुख्य व्यक्तित्व सोमनाथ कोइरालाका अनुसार प्रतिष्ठानको आयोजनामा स्तूपाको शिलान्यास, आयुर्वेदिक स्वास्थ्य शिविर र वृक्षरोपण कार्यक्रम सम्पन्न भएको हो । यसले अरुणमा आयुर्वेदिक हब बनाउन विशेष भूमिका खेल्ने उनको विश्वास छ ।

जिल्ला आयुर्वेद भोजपुरको प्रायोजन र प्रतिष्ठानको आयोजनामा निःशुल्क आयुर्वेदिक स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

कोइरालाले उक्त कार्यक्रममा भौतिक वा मानसिक रुपमा उपस्थित भई हार्दिकता प्रकट गर्नुहुने सम्पूर्णमा आभार समेत प्रकट गरेका छन् । अरुण आध्यात्मिक प्रतिष्ठान भोजपुरको प्याउली मर्‍याङ्ग डाँडामा रहेको छ ।

क्याटेगोरी : समाचार
ट्याग : #अरुण आध्यात्मिक प्रतिष्ठान, #आयुर्वेदिक स्वास्थ्य शिविर, #भोजपुर प्याउली, #सोमनाथ शर्मा कोइराला

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ