स्वास्थ्यकाे बजेट ८४ अर्ब

काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ८३ अर्ब ९९ करोड बजेट विनियोजन गरेको छ। सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री प्रकाशशरण महतले उक्त जानकारी दिए ।
बजेटमा निशुल्क औषधि, अस्पतालहरुको क्षमता वृद्धि, स्वास्थ्य बीमा, आधारभूत अस्पताल सञ्चालन, उपकरण लगायतका विषयहरु परेका छन् । स्वास्थ्यमा चालु आर्थिक वर्षमा ६९ अर्ब बजेट बिनियोजन गरिएकाे थियाे ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस