शनिबार अनामनगरमा वृहत्त रक्तदान कार्यक्रम
काठमाडौं । शनिबार काठमाडौंको अनामनगरमा वृहत्त रक्तदान कार्यक्रम हुने भएको छ । त्रिवेणी युवा क्लबको विशेष सक्रियतामा अगामी शनिबार वृहत्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।
काठमाडौं महानगरपालिका वडा नम्बर २९ र सामुदायिक प्रहरी सेवा केन्द्र घट्टेकुलोसँगको सहकार्यमा उक्त वृहत्त रक्तदान कार्यक्रम आयोजना गरिएको त्रिवेणी युवा क्लबले जनाएको छ ।
वृहत्त रक्तदान कार्यक्रमको सह-आयोजनमा शिखर युबा क्लब, नेपाल रेडक्रस सोसाइटी बानेश्वर उपशाखा, नेपाल होस्टल एसोसिएसन, कालिका महावीर स्पोर्टस क्लब र हाम्रो टिम नेपाल रहेका छन् ।
त्रिवेणी युवा क्लबलगायतका संस्थाले अनामनगरमा निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको छ । उक्त रक्तदान कार्यक्रममा संघीय सांसद प्रकाशमान सिंह, प्रदेश सांसद दिपेन्द्र श्रेष्ठ, सशस्त्र प्रहरीका पूर्व आईजीपी सिंहबहादुर श्रेष्ठ, नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेल समेतको सहभागिता रहँदै आएको छ । स्थानीय वडाका जनप्रतिनिधिदेखि समाजसेवीसम्मको अनामनगरको रक्तदान कार्यक्रममा उपस्थिति रहने गरेको छ ।
स्थानीय समाजसेवी एवं त्रिवेणी युवा क्लबका सचिव ज्ञान श्रेष्ठले शनिबार हुन गइरहेको वृहत्त रक्तदान कार्यक्रममा सहभागी आह्वान गरेका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #अनामनगरमा वृहत्त रक्तदान कार्यक्रम, #त्रिवेणी युवा क्लब
तपाईको प्रतिक्रिया दिनुहोस