५० हजार घुससहित मेडिकल ल्याब टेक्नोलोजिष्ट भट्टराई समातिए
काठमाडौं । ५० हजार रुपैयाँ घुससहित मेडिकल ल्याब टेक्नोलोजिष्ट लेखनाथ भट्टराई समातिए छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा कार्यरत अधिकृत छैठौं तहका मेडिकल ल्याब टेक्नोलोजिष्ट भट्टराई ५० हजार रुपैयाँ घुसहित समातिएका हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मेडिकल ल्याब टेक्नोलोजिष्ट भट्टराईलाई आज बिहान सेवाग्राहीबाट ५० हजार घुस लिँदै गरेको अवस्थामा शंखमुलबाट पक्राउ गरेको हो । ल्याब दर्ता गर्ने प्रक्रियामा रहेका सेवाग्राहीबाट उनले घुस रकम लिएको अख्तियारले जनाएको छ ।
अख्तियारको टोलीले प्रक्राउ गरेर मेडिकल ल्याब टेक्नोलोजिष्ट भट्टराईलाई टंगालको हिसारतमा राखेका छ । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता भोला दाहालले जनाकरी दिएका छन् । पछिल्लो समय अख्तियारले स्वास्थ्य क्षेत्रलाई उच्च निगरानीमा राखेको देखिन्छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस