न्याम्सको उपकुलपति छान्न समिति गठन


काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को उपकुलपति सिफारिसका लागि कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले तीन सदस्सीय छनोट समिति बनाएका छन् । सहकुलपतिसमेत रहेका स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको नेतृत्वमा तीन सदस्सीय समिति बनाइएको हो ।

समितिको सदस्य डा. आरपी विच्छा र स्वास्थ्य सचिव डा. पोखरेल सदस्य छन् । ३० फागुनमा तत्कालीन उपकुलपति प्रा.डा. डिएन साहको कार्यकाल सकिएपछि न्याम्सको उपकुलपति पद रिक्त रहेको छ । निमित्व उपकुलपतिको जिम्मा डा भुपेन्द्र कुमार बस्नेतलाई दिइएको छ । बस्नेत वीर अस्पतालको निर्देशक हुदै निमित्व उपकुलपतिको जिम्मेवारीमा पुगेका हुन् ।

धरासायी बनेको वीरलाई जनतामुखी बनाउँन उनले उल्लेख्य काम गरेका छन् । थुप्रै संघसंगठनलाई मिलाएर लैजान सक्ने एक मात्रै क्षमता भएका बस्नेत अहिले उपकुलपतिको एक मात्रै दाबेदारका रुपमा देखिएका छन् ।

क्यान्सर उपचारका लागि खरिद गरिएको टोमो थेरापीको विवादमा जोडिएपनि कम्पनीले केही कमजोरी भएको भन्दै नयाँ मेसिन दिने बताएको छ । उक्त मेसिन चाडै आउँने अधिकारीहरु बताउँछन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ