दुवै सचिवलाई निरन्तर गालीको वर्षा 


काठमाडौं ।  स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले पछिल्लो समय सचिव माथि दवाव सृजना गर्न थालेका छन् । स्वास्थ्य लाइभलाई प्राप्त जानकारी अनुसार मन्त्री बस्नेतले दिनहुँ सचिव माथि गालीको वर्षा दिइरहेका छन् । काम माखो नमारेका बस्नेतले कर्मचारीको नेतृत्वमाथि गाली दिन थालेपछि कर्मचारीहरू बीच एकता सुरु भएको छ । 

डा रोशन पोखरेल माथि निरन्तर गालीको वर्षा लगाएका छन् भने, प्रशासन सचिव देवकुमारी गुरागाँई प्रति थप कठोर बनेर प्रस्तुत भएका कुराहरू हामीलाई प्राप्त भएका छन् । स्रोतका अनुसार सचिव गुरागाइँलाई कहिल्यै व्यवहारिक नभएको भन्दै मन्त्री बस्नेतले गाली गरेका छन् । “तपाई कहिल्यै व्यवहारिक नहुने मन्त्री बस्नेतले भने, “ सधै केटाकेटी जस्तो । म्याचुरिटी देखिएन उनले भनेका छन् ।” त्यस्तै स्टोर किपर लिलम बिक माथि पनि खनिएका छन् । फूलबारी गोडमेलको विषयमा मन्त्री उनि प्रति खनिएका हुन् । 

महिनामा एक लाख रुपैयाँ फुल गोड्नेलाई दिदै आएको प्रति मन्त्री असन्तुष्टि छन् । उनले ३० हजारमा म मान्छे खोजेर ल्याउँछु जसले एक लाखको काम गर्छ भनेको स्रोत बताउँछ ।

मन्त्रालयको नियमित काम भन्दा अनुगमनमा हिड्ने र कर्मचारी प्रति आक्रामक देखिँदा उनलाई भित्र भित्रै कर्मचारीले असहयोग गर्ने बताउँन थालेका छन् । आफैले साइन गरेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई दुई दर्जन बढी कर्मचारी सरुवा गर्न सूची बझाए पछि थप मन्त्री विवादमा परेका छन् । यसरी मन्त्रीले कर्मचारी सरुवा गर्न साइन गरेरै पत्र पठाएको स्वास्थ्यको पहिलो घटना भएको सामान्य प्रशासन मन्त्रालयका सह सचिव बताउँछन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ