एन्टिबायोटिकले काम नगर्दा विश्वमा वार्षिक १२ लाख २७ हजारको मृत्यु ! नेपालमा पहिलाे पटक पत्रकार केन्द्रित कार्यक्रम सुरु


काठमाडौं । एन्टिबायोटिक औषधिले काम गर्न छाडेसँगै विश्वमा वार्षिक १२ लाख २७ हजार भन्दा बढी मानिसको मृत्यु भइरहेको विभिन्न अध्ययनहरूले पुष्टि गरेका छन् । यो सुस्त महामारीका रुपमा अगाडि आएको एन्टिबायोटिक रेसिस्टेन्स भावी दिनमै विश्वमा ठुलो दुर्घटना निम्त्याउने विज्ञहरू बताउँछन् । अझ गरीब देशहरूमा यसको असर बढी देखिएको छ । एन्टिबायोटिककाे विश्वव्यापी असर बारे स्वास्थ्य तथा जनसंख्या मन्त्राालय आयाेजना र युएसएआइडीकाे सहयोगमा देशभरका पत्रकारलाई एन्टिबायोटिककाे अवस्थाबारे बुझाउनेकाम सुरु भएकाे छ ।

संक्रमणराेग विशेषज्ञ डा सन्तोष दुलालका अनुसार विश्वमा भएका मृत्यु मध्ये १२ लाख २७ हजार मृत्यु एन्टिबायोटिक औषधिले काम नगरेर भएको छ । यसलाई चिकित्सकीय भाषामा एएमआर अर्थात एन्टिबायोटिक रेसिस्टेन्स भनिएको छ । नेपालमा भने एन्टिबायोटिकको प्रभावकारिता र यसले गराएको मृत्युका बारेमा कुनै अध्ययन अनुसन्धान भएको छैन । सन् २०१९ को एक अध्ययनले बताए असार विश्वमा अनुमानित १२, २७, ००० मृत्युमा एएमआर जिम्मेवार एच.आइ.भी / एड्स र मलेरियाबाट भन्दा बढी एएमआर र सो सँग सम्बन्धित रोगका कारण मानिसहरको मृत्यु भइरहेको छ ।

गरिब देशहरूमा एन्टिबायोटिकले काम गर्ने क्षमतामा ह्रास आउँदै गएको पाइएको छ । अधिकारीहरू भन्छन् विस्तारै एन्टिबायोटिक औषधिको काम गर्ने क्षमता शून्यमा पुग्दै गएको र उक्त समयमा देशले ठूलो क्षति ब्यहोर्नु पर्ने अवस्था आएको बताए । एन्टिबायोटिकको विकास भएको धेरै वर्ष भइसकेको छ । सन् १९८७ मा ‘लिनेजोलिड’ एन्टिबायोटिक अन्तिम पटक बनेको थियो । ३५ वर्ष यता कुनै नयाँ एन्टिबायोटिक बनेको छैन ।

डा दुलालका अनुसार एन्टिबायोटिकलाई विश्व स्वास्थ्य सङ्गठनले पनि हाल दश प्रमुख विश्वव्यापी जनस्वास्थ्य खतराको रुपमा राखेको छ । एन्टिबायोटिकले काम नगर्ने हुँदा सन् २०३० सम्म थप २ करोड ४० लाख मानिसहरू चरम गरिबीमा पुग्ने अध्ययनहरूले देखाएका छन् । जसले गर्दा विश्व अर्थतन्त्रमा मात्रै १०० खराब अमेरिकी डलरको भार पर्ने छ डा दुलाल भन्छन् । यसले सन् २०५० सम्म वार्षिक ३.८ % कुल ग्राहस्थ उत्पादनमा असर गर्ने देखिएको छ । नेपालमा नेशनल एक्सन प्लान – एएमआर २०२१ – २०२६ लागू हुन नसक्दा पनि समस्या देखिएको छ । विश्वका कयौं देशहरूमा नेशनल एक्सन प्लान –एएमआर लागू भएर दोस्रो चरणमा कामहरु भइरहेका छन् ।

एएमआर रोकथाममा नागरिकको भूमिका

  • चिकित्सकको सिफारिसमा मात्र एन्टिबायोटिकको सेवन गर्ने

 

  • जथाभावी रुपमा एन्टिबायोटिकको प्रयोग नगर्ने

 

  • एन्टिबायोटिक बाँडेर नखाने य सरसफाइमा ध्यान दिने र बिरामीसँग दूरी कायम गर्ने

 

  • कुनैपनि खोप नछुटाई लगाउने

 

  • बिरामी हुँदा अस्पताल वा नजिकैको स्वास्थ्य सस्थामा उपचार गराउँने र स्वास्थ्यकर्मीको सल्लाह सुझाव अपनाउने

नेपालमा एन्टिबायोटिकको अवस्था नेपालमा भएका विभिन्न अध्ययनहरूका अनुसार चिकित्सकको प्रेस्क्रिप्सन बिना एन्टिबायोटिक बिक्रीदर ५० प्रतिशत पुगेको छ । साथै दुर्गममा एन्टिबायोटिक्सको प्रेस्क्रिप्सन दर ५० दशमलव ४ प्रतिशत रहेको छ ।

त्यस्तै हेल्थ पोष्टमा ५२ दशमलव २ प्रतिशत रहेको छ । यो अत्यन्तै भयावह अवस्था रहेको त्रिभुवन विश्वविद्यालय सूक्ष्म जीव विज्ञान विभागका पूर्वप्रमुख डा. मेघराज बन्जारा बताउँछन् । डा. बन्जारा भन्छन्, ‘स्वास्थ्यकर्मीहरूको जानकारी बिना मनलाग्दी रुपमा एन्टिबायोटिक किनेर खानेहरू ६७ देखि ९७ प्रतिशतसम्म देखिएको छ ।

फार्मेसीहरूले पनि चिकित्सकको सिफारिस बिना एन्टिबायोटिक दिने दर ५० प्रतिशत रहेको छ ।’ एन्टिमाइक्रोबियल रेसिस्टेन्स बढ्नुमा गरिब देशहरूमा आधाभन्दा बढी औषधि चिकित्सकको सिफारिस बिना बिक्री गर्नु, पसले आफैले पनि बिना ज्ञान बिक्री गर्नु र स्वयं व्यक्ति आफै मागेर खाने गर्नुको ठूलो हात रहेको छ ।

एन्टिबायोटिकले काम गर्न छाडेपछि देशका २५ वटा प्रयोगशालाबाट ब्याक्टेरिया र तीनको प्रतिजैविक प्रतिरोध सम्बन्धी तथ्याङ्क सङ्कलनको कार्य सुरु भएको छ । जनावरमा ७ वटा प्रयोगशालाबाट ब्याक्टेरिया र तीनको प्रतिजैवीक प्रतिरोध सम्बन्धी तथ्याङ्क सङ्कलन थालिएको छ । २५ ल्याबबाट १० वटा ब्याक्टेरियाको सर्वेक्षण केन्द्रिय प्रयोगशालाले गर्नेछ । पशु प्रयोगशालाले ४ वटा ब्याक्टेरियाको सर्वेक्षण गर्नेछ ।

 

क्याटेगोरी : समाचार, सार्वजनिक सरोकार
ट्याग : ## राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाल, ##एन्टिबायोटिक, #युएसएआइडी, #स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ