विश्व रक्तदाता दिवस: नेपालमा पनि विभिन्न कार्यक्रम गरेर मनाइँदै


काठमाडौं । हरेक वर्षको जुन १४ मा विश्व रक्तदाता दिवस मनाउने गरिन्छ । आज विश्व रक्तदाता दिवसको अवसर पारेर   नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी उक्त दिवस मनाइँदैछ ।

विश्व रक्तदान दिवसमा सुरक्षित रगत र रगत उत्पादनको आवश्यकताबारेमा सचेतना जगाउन र रक्तदान गर्न प्रेरित गर्दै आइएको छ । रक्तदातालाई धन्यावाद दिनका रूपमा पनि यो दिवस मनाउने गरिन्छ ।

यस वर्ष ‘नियमितरुपमा रगत तथा प्लाज्मा दान गरौँ, जीवन बचाउने कार्यमा हातेमालो गरौँ’ भन्ने नाराका साथ विश्व रक्तदाता दिवस मनाइँदै छ । यो नारालाई आत्मसाथ गर्दै विश्व रक्तदान दिवसको अवसरमा नेपालमा विभिन्न सामाजिक संघ-संस्थाहरुले कार्यक्रम राखेका छन् । नाराले जीवनपर्यन्त रगतको आवश्यक पर्ने बिरामीलाई रगत र प्लाज्मा दान गरेर सहयोग गर्न हरेक व्यक्तिले खेल्ने भूमिकाको महत्वलाई दर्शाएको छ । यसले नियमितरुपमा रगत र प्लाज्माको दानमार्फत दिगो र सुरक्षित आपूर्तिको महत्वबारे समेत चर्चा गरेको छ । यही अवसरमा देशभरका विभिन्न सङ्घसंस्था र अस्पतालले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदानको कार्यक्रम आयोजना गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब, निजी स्वास्थ संस्थालगायतका विभिन्न निकायले विश्व रक्तदान दिवसमा विशेष कार्यक्रम गर्दै आएका छन् । आज  विभिन्न सङ्घसंस्था र अस्पतालले रक्तदानसम्बन्धी जनचेतना फैलाउने, दातालाई प्रोत्साहन गर्ने र रक्तदानको कार्यक्रम आयोजना गरेका छन् । पछिल्लो समय रक्तदान गर्नुपर्छ भन्ने भावना आम मानिसमा रहेको देखिन्छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ