उपचार र आराम गर्न देउवा सिंगापुर गए
काठमाडौं । उपचार र आराम गर्न कांग्रेस सभापति शेरबहादुर देउवा सिंगापुर गएका छन् । पत्नी आरजु राणा देउवाको साथमा उनी नियमित स्वास्थ्य परीक्षण गराउन सिंगापुर प्रस्थान गरेको सचिवालयले जनाएको छ ।
पूर्वप्रधानमन्त्री समेत रहेका देउवा सिंगापुर गएर नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् । पटकपटक प्रधानमन्त्री भएको व्यक्ति विदेश गएर उपचार गर्नु परेको भन्दै उनको समाजिक सञ्जालमा व्यापक आलोचना समेत भएको छ । देशमा एउटा स्तरीय सरकारी अस्पताल बनाउन नसकेको भन्दै पूर्वप्रधानमन्त्री देउवाको आलोचना भएको हो ।
पत्नीसहित उपचार र आराम गर्न सिंगापुर गएका पूर्वप्रधानमन्त्री देउवा एक हप्तापछि स्वदेश फर्कने कार्यक्रम रहेको सचिवालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस