नर्सिङ परिषदको रजिष्ट्रारमा शुक्ला

काठमाडौं । नेपाल नर्सिङ परिषदको रजिष्ट्रारमा शुक्ला खनाल नियुक्त भएकी छिन्। मंगलबारको मन्त्रिपरिषदले निर्णय गर्दै खनाललाई परिषदको रजिष्ट्रारमा नियुक्त गरेको हो।
उनलाई तीन वर्षको लागि नियुक्त गरिएको हो। यसअघि परिषदको निमित्त रजिष्ट्रारमा सकुन्तला प्रजाति थिइन्। उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै रुचि अनुसार नियुक्त गरिएको हो।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस