नेपालमा पहिलो पटक एमपक्स पुष्टि
काठमाडौं—नेपालमा पहिलो पटक एमपक्स पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ६० वर्षीया एक जना महिलामा एमपक्स पुष्टि भएको हो ।
एमपक्सको शंकास्पद लक्षण देखिएपछि उनको त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उनको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा एमपक्स पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
ती महिलाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयले जनाएको छ । नेपालमा पहिलो पटक पुष्टि भएको एमपक्स १११ देशमा पुष्टि भइसकेको छ ।
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस