२८ कराेडका प्रयाेगशाला भ्यान प्रयाेगबिहिन


काठमाडौं । विगत ५ वर्ष अगाडि खरिद गरेका प्रयाेगशााला भ्यान प्रयाेगबिहिन भएका छन् । कृषि मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बजार अनुगमनका लागि २८ करोडमा ती भ्यान खरिद गरिएको हाे । अधिकारीहरुकाे अनुसार उक्त भ्यान ७ करोडका दरमा खरिद गरेकाे हाे ।

अहिले ४ वटा प्रयोगशाला भ्यान विभाग परिसरमा थन्किएर कबाडी हुँदै गएको प्रति पुर्व सचिव भिम उपाध्यायले प्रश्न उठाएका छन् । सामाजिक रुपमा गलत प्रवृत्तिकाे खराे रुपमा आलाेचना गर्दै आएका उपाध्यायले करोडौंका भ्यान प्रयाेगमा नल्याइ कवाडी बनाएकाे भन्दै सार्वजनिक संजालमार्फत विराेध जनाएका छन् ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ