पत्रकारलाई आक्रमण गर्ने गिरीमाथि कारबाही गर्न पत्रकार महासंघको माग

काठमाडौं । स्वास्थ्य लाइभ अनलाइनका सम्पादक सुनिल सापकोटालाई समाचारको विषयलाई लिएर हरि गिरीसहितको समूहले दुव्र्यवहार गर्नुका साथै आक्रमण प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त ध्यानाकर्षण गराएको हो ।
महासंघ घटनाको निष्पक्ष छानविन गरी कानुनी कारवाही गर्न सम्बन्धित निकायसँग माग समेत गरेको छ ।
‘गिरीलाई सिंहदरबार प्रहरी वृत्तले पक्राउ गरि अनुसन्धान गरिरहेको छ । ‘समाचारको विषयलाई लिएर पत्रकारमाथि भौतिक आक्रमणको प्रयास र दुव्र्यवहार गर्नु प्रेस स्वतन्त्रता माथिको आक्रमण हो ।’, महासंघका सचिव गोविन्द प्रसाद चौलागाईंले जारी गरेको प्रेस विज्ञप्तिमा विज्ञप्तिमा उल्लेख छ ।
सरकारी जग्गा व्यक्तिले कब्जा गरेको विषयमा समाचार लेखेको भन्दै गिरी सहितको एक समूहले बुधवार अनामनगरमा दुव्र्यवहार गर्दै आक्रमणको प्रयास गरेका थिए । त्यसपछि गिरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । आज अदालतमा म्याद थपको तयारी भइरहेको छ ।
प्रकाशित तथा प्रसारित समाचारप्रति चित्त नबुझे प्रचलित कानुनी वाटो अवलम्बन गर्नुको साटो दुव्र्यवहार र आक्रमणमा उत्रिनु निन्दनीय भएको महासंघको भनाइ छ ।
पत्रकार महासंघको प्रेस विज्ञप्ती
यस्तै नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समिति समेत पत्रकार सुनिल सापकोटामाथि हरि गिरी सहितको समूहले दुर्व्यवहार गरि आक्रमणको प्रयास गरेको घटनाप्रति ध्यानाकर्षण गराएको छ । प्रतिष्ठान प्रदेश समिति उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरा ल्याउन सम्बन्धित निकाय समक्ष माग समेत गरेको छ ।
मिति : २०८०/३/७ बिहीबार
प्रेस विज्ञप्ति
पत्रकार सुनिल सापकोटालाई हरि गिरी सहितको समूहले दुर्व्यवहार गरि आक्रमणको प्रयास गरेको घटना प्रति नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश, समितिको गम्भीर ध्यानाकार्षण भएको छ। स्वास्थ्य लाइभ अनलाइनका सम्पादक सापकोटालाई सरकारी जग्गा व्यक्तिले कब्जा गरेको समाचारको विषयलाई लिएर गिरी सहितको समूहले भौतिक आक्रमणको प्रयास प्रेस स्वतन्त्रता माथि नै आक्रमण हो। प्रतिष्ठान प्रदेश समिति उक्त घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कानूनी कारवाहीको दायरा ल्याउन सम्बन्धित निकाय समक्ष माग गर्दछ।
नरेन्द्र मानन्धर
सचिव
नेपाल पत्रकार महासंघ, प्रतिष्ठान प्रदेश समिति
तपाईको प्रतिक्रिया दिनुहोस