एक वर्षमा ६२२ आमाको मृत्यु, बाँके र रूपन्देहीमा सबै भन्दा बढी (जिल्ला गत मृत्यु)
काठमाडौं । राष्ट्रिय जनगणनाले नेपालमा प्रति वर्ष ६ सय ५३ मृत्युमा ६२२ मातृमृत्यु भएको देखाएको छ । उक्त मृत्यु मध्ये सबै भन्दा धेरै बाँके र रूपन्देहीमा भएको छ । जनगणनाको तथ्यांक अनुसार बाँके, रूपन्देही, कपिलवस्तु, झापा, सर्लाहीमा धेरै मातृमृत्यु देखिएको छ ।
स्वास्थ्य लाइभलाई केन्द्रिय तथ्यांक विभागले उपलब्ध गराएको विवरण अनुसार ६२२ जना मातृ मृत्यु भएकोमा १९९ जना गर्भावस्थामा, ३६ जना प्रसव पीडामा, सुत्केरी हुँदा ३७६ जनाको मृत्यु भएको छ । प्रजनन उमेरका महिलाको मृत्युमध्ये मातृ मृत्युको समग्र अनुपात ४. ८ प्रतिशत रहेको छ । यस अध्ययनले देखाएको कुल ६२२ मातृ मृत्युमध्ये ११ मातृ मृत्युको पर्याप्त सूचना सङ्कलन नभएको हुनाले यस प्रतिवेदनमा ६११ मातृ मृत्युको कारण र अन्य विशेषताहरूको विश्लेषण गरिएको छ । प्राप्त विवरण अनुसार बाँकेमा एक वर्षमा ३६ जना, कपिलवस्तुमा २८, रूपन्देहीमा ३०, झापामा २९ जनाको मृत्यु भएको विवरण आएको छ ।
सम्पन्न राष्ट्रिय जनगणनाले नेपालमा प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु १५१ जना भएको देखाएको छ । विगतमा एक एनजीओ न्युइराले गरेको जनसांख्यिक स्वास्थ्य सर्वेक्षणले भने अत्यास लाग्दो अवस्था दर्शाएको थियो । प्रति लाखमा २३९ मातृ मृत्यु रहेकोमा हाल नेपालमा प्रतिलाख जीवित जन्ममा मातृ मृत्यु १५१ मा झरेको हो । घर घरमा पुगेर गणकहरूले लिएको टिपोटका आधारमा यो संख्या निस्किएको हो । यस अगाडि न्युइराले गरेको सर्भे बारे यस तथ्यांकले शंका उब्जाएको छ ।
दिगो विकास लक्ष्यले कुनै पनि देशमा मातृ मृत्यु अनुपात विश्वव्यापी औसतको दोब्बरभन्दा बढी नहुने गरी प्रतिलाख जीवित जन्ममा ७० भन्दा कममा घटाउने लक्ष्य राखेको छ । विश्वव्यापी लक्ष्य अनुरूप नेपालले पनि सन् २००६ मा प्रतिलाख जीवित जन्ममा २८१ रहेको मातृ मृत्यु अनुपातलाई घटाएर सन् २०२२ सम्ममा ११६, २०२५ सम्ममा ९९ र २०३० सम्ममा ७० पुयाउने प्रतिबद्धता जनाएको छ । यसै सन्दर्भमा, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद् र स्वास्थ्य विकास साझेदारहरूको संयुक्त प्रयासमा मातृ मृत्यु अनुपातको अनुमान तथा गर्भवती, प्रसूति र सुत्केरी अवधिमा हुने मातृमृत्युका कारणहरू पहिचान गर्नका लागि राष्ट्रिय जनगणनासँगै नेपालमा पहिलो पटक मातृ मृत्युसम्बन्धी अध्ययन गरेको थियो ।
कुन जिल्लामा कतिको मृत्यु भयो
ताप्लेजुङ २
सङ्खुवासभा २
सोलुखुम्बु २
ओखलढुंगा ३
खोटाङ ३
भोजपुर २
धनकुटा २
तेह्रथुम २
पाँचथर ७
इलाम ११
झापा २७
मोरङ १८
सुनसरी १६
उदयपुर ४
सप्तरी १५
सिराहा १६
धनुषा १९
महोत्तरी ९
सर्लाही २९
रौतहट २२
बारा ११
पर्सा १४
दोलखा १
सिन्धुपाञ्चोक ४
धादिङ ६
नुवाकोट ३
काठमाडौं १८
भक्तपुर २
ललितपुर ८
काभ्रेपलाञ्चोक ४
रामेछाप २
सिन्धुली ८
मकवानपुर ७
चितवन ६
गोरखा ४
मनाङ १
म्याग्दी १
कास्की १३
लमजुङ ३
तनहुँ ५
नवलपरासी पूर्व ४
स्याङजा ६
पर्वत ५
बाग्लुङ ३
रुकुम पुर्व १
रोल्पा ६
प्युठान ६
गुल्मी ७
अर्घाखाँची ४
पाल्पा ४
नवलपरासी पश्चिम ७
रुपन्देही ३०
कपिलवस्तु २८
दाङ १५
बाँकी ३६
बर्दिया १४
डोल्पा ३
मुगु २
हुम्ला ४
जुम्ला १
कालिकोट ८
दैलेख ६
जाजरकोट ६
रुकुम पश्चिम ६
सल्यान ८
सुर्खेत १०
बाजुरा २
बझांग ३
दार्चुला २
बैतडी ८
डडेल्धुरा ६
बैतडी ४
अछाम ७
कैलाली १८
कञ्चनपुर १०
जम्मा ६२२
क्याटेगोरी : समाचार
तपाईको प्रतिक्रिया दिनुहोस