शिक्षण अस्पतालको इएचएस भवन बनाउने भाटभटेनीका मालिक गुरुङ सीआईबीद्वारा पक्राउ


काठमाडौं ।  शिक्षण अस्पतालको इएचएस भवन बनाउने भाटभटेनी सुपरमार्केटका मालिक मिनबहादुर गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पक्राउ गरेको छ ।

सीआईबी स्रोतका अनुसार उनलाई ललिता निवास बालुवाटारको सरकारी जग्गा किर्ते गरेर हिनामिना गरेको आरोपमा पक्राउ गरिएको हो । ललिता निवास काण्डमा गुरुङमाथि अख्तियारले समेत भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । उनीमाथि केही समय अगाडि शिक्षण अस्पतालको इएचएस भवन अलपत्र पारेको आरोप समेत लागेको थियो ।

सीआईबीले ललिता निवास बालुवाटारकस जग्गामा कागजात किर्ते गर्ने ३ सय जनाविरुद्ध छुट्टै अनुसन्धान गरी प्रतिवेदन तयार पारिसकेको छ । जग्गा हडप्न सरकारी कागजात नै लोप पार्ने, कागजातका अंक/अक्षरमा थपघट गर्नेलगाायतका विषयमा सीआईबीको प्रतिवेदनले बदमासी औंल्याएको छ । गुरुङको समूहले झन्डै १४ अर्बको सरकारी जग्गा हिनामिना गरेको सीआईबीले जनाएको छ।

प्रतिवेदनमा समेटिएका सबै आरोपितलाई नियन्त्रणमा लिन सीआईबीको टोली परिचालन गरिएको स्रोतको भनाइ छ ।

 

क्याटेगोरी : समाचार
ट्याग : #भाटभटेनी सुपरमार्केट, #मीन बहादुर गुरुङ, #सीआईबी

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ