राष्ट्रपति पौडेल अस्पतालबाट शीतल निवास फर्किए


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् ।मनमोहन कार्डियो थेरारिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट उनलाई आज राष्ट्रपति भवन शीतल निवास लगिएको हो । राष्ट्रपति पौडेल डेढ हप्ता अस्पतालको बसाईपछि शीतल निवास फर्किएका हुन् ।

मुटुका समस्या देखिएपछि राष्ट्रपति पौडेललाई मनमोहन कार्डियो थेरारिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको सीसीयू क्याबिनमा राखेर उपचार भइरहेको थियो । स्वास्थ्य अवस्था सामान्य भएपछि उनलाई आज डिस्चार्ज गरिएको हो ।

राष्ट्रपति पौडेल एकमहिना अगाडि भारतको नयाँ दिल्लीस्थित अल इन्डिया इन्स्टिच्यूट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचार गराएर फर्किएका हुन् । दुई हप्ता अगाडि मात्र उनको स्वास्थ्यमा समस्या देखिएपछि शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा राखेर उपचार गरिएको थियो । त्यसको ४ दिनपछि राष्ट्रपति पौडेल मनमोहन कार्डियो थेरारिस भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।  उनको स्वास्थ्य अवस्था सामान्य भएपछि डिस्चार्ज गरिएको सेन्टरले जनाएको छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस


सम्बन्धित खबर

ट्रेण्डिङ