उपत्यकामै बिक्रि हुन्छ चिकित्सकको सिफारिस बिना ३१ प्रतिशत “एजिथ्रोमाइसिन”


काठमाडौं । नेपालमा पहिलो पटक भएको एन्टिबायोटिक रेसिस्टेन्स सम्बन्धि एक अध्ययनले ३१ प्रतिशत “एजिथ्रोमाइसिन” चिकित्सकको सिफारिस बिना बिक्रि बितरण हुने गरेको देखिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हालै गरेको उपत्यका केन्द्रित उक्त अध्ययनले चिकित्सकको सिफारिस बिना एजिथ्रोमाइसिन, एमोक्सिसिलिन, सेफिक्जिम, सिप्रोफ्लोक्सासिन, कोट्रीमोक्साजोल र सेफ्ट्रीएक्जोन नामक एन्टिबायोटिक प्रेसक्रिप्सन बेगर दिएको देखिएको छ ।

यतिबेला विश्वमा एन्टिबायोटिक औषधिले काम गर्न छाड्दै गएको अवस्था छ । विश्व स्वास्थ्य संगठन डब्लुएचओले समेत स्वास्थ्य खतराको दशौं सूचिमा एन्टिबायोटिकलाई समावेश गरेको छ ।

काठमाण्डौ उपत्यकामा एन्टिबायोटिक रेसिस्टेन्सको अवस्था बारे नेपाल स्वास्थ्य अनुसन्धान परिषदले १४७ जना स्वास्थ्यकर्मी, १८७ जना फार्मासिस्ट र ३४३ जना बिरामीसँग अध्ययन अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानबाट अधिकाशं एन्टिबायोटिकहरु चिकित्सकको सिफारिस बिना बिक्रि हुने गरेको पाईएको हो ।

औषधी पसलेले प्रेसक्रिप्सन बेगर एन्टिबायोटिक दिने कारणहरू मध्ये सबै भन्दा धेरै ग्राहक आउँन छाड्छन् भन्ने डरले बिक्रि गरेको देखिएको छ । चिकित्सकको सिफारिस खोज्दा ब्यापार नचल्ने भन्दै ४१ प्रतिशत फार्मासिस्टले चिकित्सकको सिफारिस खोज्दा व्यापार बन्द हुने जवाफ दिएका हुन् । १७७ जना फार्मासिस्टले अध्ययनमा भाग लिएका थिए । विरामीहरू अन्य पसलमा जाने डरले सिधै बिक्रि गरेको जवाफ दिने १५ प्रतिशत ।

त्यस्तै धेरै बेच्ने र नाफा कमाउन दबाब आउँने भएकाले चिकित्सकको सिफारिस बिनै एन्टिबायोटिक दिने गरेको बताउँने १३ प्रतिशत रहेका छन् । प्रेसक्रिप्सन बेगर सबै भन्दा बढी एजिथ्रोमाइसिन ३१ प्रतिशत, एमोक्सिसिलिन २६ प्रतिशत, सेफिक्जिम १८ प्रतिशत, सिप्रोफ्लोक्सासिन १३ प्रतिशत र अन्य कोट्रीमोक्साजोल, सेफ्टिएक्जाेन भने न्यूनि बिक्रि भइरहेको छ ।

आधिकांश एन्टिबायोटिकले काम नगर्दा विश्वमा वार्षिक १२ लाख ७० हजार मानिसको मृत्यु हुने गरेको विभिन्न अध्ययनहरूले देखाएको छ । यसले आगामी केही समयमा विश्वभर ठुलो महामारीको रूप लिने अधिकारीहरूले औंल्याएका छन् । एन्टिबायोटिक औषधिले काम नगरेकै कारण सन् २०३० सम्म थप २ करोड ४० लाख मानिसहरू चरम गरिबीमा पुग्नेछन् । विश्व अर्थतन्त्रमा १०० खर्ब अमेरिकी डलरको भार पर्ने छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सन् १९८७ मा ‘लिनेजोलिड’ एन्टिबायोटिक अन्तिम पटक बनेको थियो । ३५ वर्ष यता कुनै नयाँ एन्टिबायोटिक बनेको छैन । नेपालमा नेशनल एक्सन प्लान – एएमआर २०२१ – २०२६ लागू हुन नसक्दा पनि समस्या देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले न्याप एएमआर स्वीकृतका लागि मन्त्रिपरिषद् पठाएको छ । नेशनल एक्सन प्लान – एएमआर २०२१ – २०२६ लागू गर्ने, एएमआर सङ्क्रमणको निगरानी व्यवस्थामा सुधार गर्ने, नीति, कार्यक्रमको सुधार गरि संक्रमण रोकथाम र नियन्त्रण कार्यन्वयनलाई बलियो बनाउने, औषधिको उत्पादन, उचित प्रयोग र विसर्जनलाई नियमन गर्ने र शुद्ध खानेपानी र स्वच्छ सरसफाइमा पहुँच बढाउन आवश्यक नीति तर्जुमा गर्नुपर्ने छ ।

सरकारले एन्टिबायोटिकले काम गर्न छाडेपछि देशका २५ वटा प्रयोगशालाबाट ब्याक्टेरिया र तीनको प्रतिजैविक प्रतिरोध सम्बन्धी तथ्याङ्क सङ्कलनको कार्य सुरु भएको छ । जनावरमा ७ वटा प्रयोगशालाबाट ब्याक्टेरिया र तीनको प्रतिजैविक प्रतिरोध सम्बन्धी तथ्याङ्क सङ्कलन थालिएको छ । २५ ल्याबबाट १० वटा ब्याक्टेरियाको सर्वेक्षण केन्द्रिय प्रयोगशालाले गरेकाे छ भने, पशु प्रयोगशालाले ४ वटा ब्याक्टेरियाको सर्वेक्षण गरेेकाे छ ।

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ