अनामनगरमा शनिबार निःशुल्क स्वास्थ्य शिविर हुने


काठमाडौं । आगामी शनिबार अनामनगरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन हुने भएको छ । लायन्स क्लब, काठमाडौंसहित विभिन्न संघसंस्थाको आयोजनमा उक्त स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन हुन लागेको हो ।

ब्लड सुगर, हेमोग्लोविन र ब्लड प्रेसरको निःशुल्क परीक्षण गरिने आयोजक संस्थाहरुले जनाएका छन् । असार २३ गते शनिबार ब्याडमिन्टन कोर्ट तथा मनोरञ्जन पार्क सामाजिक विकास चोक, अनामनगरमा बिहान ११ बजेदेखि ३ बजेसम्म निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम चल्ने जनाइएको छ ।

लायन्स क्लब रामेछाप, देउराली बचत तथा ऋण सहकारी संस्था लि., समाजिक विकास समाज, अनामनगर, नेपाल हायसी डा. सितोरियो काई कराते डो संघ र लायन्स क्लब, काठमाडौंको संयुक्त निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन हुन लागेको हो ।

कार्यक्रमलाई भव्य रुपमा सम्पन्न पार्नका लागि आयोजक संस्थाहरू सक्रियतपूर्वक लागिपरेका छन् ।

 

क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया दिनुहोस

ट्रेण्डिङ