किशोरीलाई क्यान्सरबाट जाेगाउने एचपीभी खाेप आयाे

काठमाडौ । पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने २० हजार भायल एचपीभी खोप नेपाल आइपुगेको छ । मंगलबार २० हजार भायल एचपीभी खोप नेपाल आइपुगेको स्वास्थ्य सेवा विभागकी फार्मेसी अधिकृत निसा पराजुलीले बताइन् ।
उनका अनुसार चीनबाट खोप आएको हो । नेपाल सरकारले खरिद गरेको यो खोप ९ देखि १४ वर्ष उमेर समूहका किशोरीलाई दुई डोज दिइनेछ । ह्युमन प्यापिलोमा भाइरसबाट लाग्ने यो रोगका कारण संसारभर वर्षेनी ३ लाख महिलाको ज्यान जाने गरेको तथ्यांक छ ।
एक अध्ययन अनुसार एचपीभी खोपले ९० प्रतिशतसम्म पाठेघरको मुखको क्यान्सरको जोखिम घटाउँछ । स्वास्थ्य मन्त्रालयले २० हजार भायल एचपीभी खोप ल्याउने निति लिएको थियाे ।
तपाईको प्रतिक्रिया दिनुहोस